बालेनलाई युवा संघका अध्यक्ष थेबेको प्रश्नः लिपुलेकबारे तपाईंको स्टेटमेण्ट के हो ?


काठमाडाैँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्। हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? थेबेको प्रश्न छ ।

उनले नयाँ भनिएका राजनीतिक दलहरुसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि गरे ।उनले भावी प्रधामनमन्त्रीका उम्मेदवारहरूसँगै बहस गर्न समेत नेता शाहलाई चुनौती दिए। उनले मुलुकभर विद्युत विस्तार समेत एमालेको नेतृत्वमा भएको जिकिर गरे ।

अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित पार्टी जनतामाझ गएको पनि बताए ।