काठमाडाैँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गरेका छन् ।
सो पार्टीको केन्द्रिय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर लैजाने सहमतीबाट भागेर प्रचण्डले सो पार्टी बनाएको आरोप समेत लगाए ।
धेरै मानिस जम्मा गरेर कम्युनिष्ट ठूलो भयो भन्ने ठान्नेहरुसँग आफूहरुको एकता हुन नसक्ने उनकाे भनाइ छ । महासचिव विप्लवले निर्वाचनको प्रचार अभियानका क्रममा आफू देश दौडाहामा निस्कने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्