काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को माघसम्म निर्जीवन लघु बिमकले ७३ करोडभन्दा बढी रुपैयाँको कुल बिमाशुल्क आर्जन गरेको छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ महिनासम्म चार ओटा लघु निर्जीवन बिमकले २ लाख ७२ हजार ७५२ ओटा बिमालेख जारी गरेर ७३ करोड ६२ लाख ३७ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।
जसमा सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रहेको छ। यो कम्पनीले ७८ हजार १९३ ओटा बिमालेख बिक्री गरेर २० करोड १२ लाख ५२ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।
त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ६९ हजार ५४९ ओटा बिमालेख बिक्री गरेर १९ करोड २८ लाख ३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।
ट्रस्ट माइक्रो इन्स्योरेन्स ५३ हजार ८१७ ओटा बिमालेख बिक्री गरेर १७ करोड ९३ लाख ३९ हजार रुपैयाँ र स्टार माइक्रोले ७१ हजार १९३ ओटा बिमालेख बिक्री गरेर १६ करोड २८ लाख ४३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्