खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकप्टर दुर्घटना भएको छ ।
काठमाडौँबाट शव बोकेर गाउँ पुगेको डाइनेस्टी एयरकाे हेलिकोप्टर दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले जानकारी दिए ।
दिउँसो केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा एयर डाइनेस्टीको ‘९–एनएफक्यू’ हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा काजीबहादुर राई घाइते भएका थिए।
घाइते राईलाई उपचारका लागि काठमाडौँ पठाइएकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ । उनलाई एयर डाइनेस्टीकै अर्को हेलिकप्टरले उपचारका लागि काठमाडौँ ल्याएकाे हाे । हेलिकप्टरमा चालकसहित ६ जना थिए ।
अन्य पाँच जना सकुसल रहेकाे प्नहरीले जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस्