काठमाडाैँ । पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले २७ औं फ्लोरा एक्स्पो २०८२ आजदेखि सुरू भएको छ ।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यस एक्स्पोमा ६५ व्यावसायिक स्टल, ११ अफिसियल स्टल, २ प्रतिस्पर्धात्मक स्टल र २ फुड स्टल गरी जम्मा ८३ स्टल रहेका छन् ।
मेलामा विगतका वर्ष जस्तै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्धारा उत्पादित फूल बिरुवाहरूको विभिन्न बिधाहरूमा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कृषि औजार, मलखाद र आधुनिक पुष्प खेती प्रविधिका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।
आयोजकले मेलामा करिब ६० हजार दर्शकको उपस्थिति र १ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा व्यक्त गरेका छन्। चैत्र ५ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।











































प्रतिक्रिया दिनुहोस्