काठमाडौँ । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा पहुँच विस्तार गराउँदै आएको युनिक्याम्पस ग्लोबलले आफ्नो २५ औँ वार्षिकोत्सव मनाउँदै शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गरेको छ।
सन् २००१ मा स्थापना भएको यस संस्थाले पछिल्लो साढे दुई दशकमा हजारौँ विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै विश्वका विभिन्न विश्वविद्यालयहरूमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सहजीकरण गर्दै आएको जनाएको छ।
युनिक्याम्पस ग्लोबलमार्फत धेरै नेपाली विद्यार्थीले आफ्नो शैक्षिक भविष्यलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अवसर पाएका छन्। संस्थाले विद्यार्थीलाई उपयुक्त शैक्षिक गन्तव्य चयनदेखि आवेदन प्रक्रिया, छात्रवृत्ति व्यवस्थापन र करियर मार्गदर्शनसम्म सहयोग गर्दै आएको छ।
संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले नेपाली विद्यार्थीको उज्ज्वल शैक्षिक भविष्य निर्माणमा युनिक्याम्पस ग्लोबल सधैं प्रतिबद्ध रहेको बताउनुभयो। साढे दुई दशकको यात्रामा विभिन्न चुनौतीहरू सामना गर्नुपरे पनि समर्पित टोली र दीर्घकालीन दृष्टिकोणका कारण संस्था अग्रणी शैक्षिक परामर्शदाताको रूपमा स्थापित हुन सफल भएको उनको भनाइ छ। उनले आगामी दिनमा शिक्षा क्षेत्रमा नवप्रवर्तन र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले विद्यार्थी केन्द्रित सेवा, विश्वसनीय मार्गदर्शन र गुणस्तरीय परामर्शलाई प्राथमिकतामा राख्दै निरन्तर काम गर्दै आएको बताए । “विद्यार्थीहरूको लक्ष्य प्राप्तिमा साथ दिनु नै हाम्रो मूल उद्देश्य हो,” उनले भने ।
शिक्षा परामर्श क्षेत्रका अगुवा हेमन्त भट्टराईले नेपालमा शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउने अभियानमा युनिक्याम्पस जस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
परामर्श सेवासँगै शिक्षण संस्थाहरूको स्थापना तथा विकासमार्फत पनि युनिक्याम्पस ग्लोबलले शिक्षा क्षेत्रमा आफ्नो योगदान विस्तार गर्दै आएको छ। सेवा विस्तारसँगै नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षामा पहुँच दिलाउने आफ्नो अभियानलाई संस्था अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्