कति छ आज सुनचाँदीकाे मूल्य ?


काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ७ हजार ८०० र चाँदी ११५ रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८९५ रुपैँया कायम भएको छ ।

हिजो बिहीबार एक तोला सुन ३ लाख २ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १० कायम भएको थियो ।