आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, डलरको भाउ कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १४९ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५० रूपैयाँ २४ पैसा छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १७३ रूपैयाँ १२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रूपैयाँ ३८ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रूपैयाँ ३१ पैसा छ ।

चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ ७३ पैसा र बिक्रीदर २१ रूपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ८५ पैसा र बिक्रीदर ४० रूपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रूपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै युएई दिराम एकको खरिददर ४० रूपैयाँ ७४ पैसा र बिक्रीदर ४० रूपैयाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रूपैयाँ ०२ पैसा छ ।

यस्तै बहराइन दिनार एकको खरिददर ३९६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रूपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३९० रूपैयाँ २३ पैसा बिनियमयदर तोकिएको राष्ट्र बैँकले जनाएको छ ।