काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव देखिएको छ ।
कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातसमेत भइरहेको छ ।
आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्ने अनुमान छ ।
देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ छ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहने अनुमान छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्