अर्थविद् केशव आचार्यको निधन


काठमाडौं । वरिष्ठ अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। मस्तिष्कघातपछि उपचारका लागि अन्नपूर्ण न्यूरो हस्पिटल०मा भर्ना गरिएका आचार्यको आज बिहान ९ः ५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका आचार्य पछिल्लो समय मुलुकको वित्तीय अनुशासन, नीति सुधार र आर्थिक सुशासनका विषयमा निरन्तर आवाज उठाउँदै आएका थिए।

आचार्यको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार गरिने जनाइएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।