काे-काे बन्दैछन् मन्त्री ?


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपतिले शाहलाई संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री शाहले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

रास्वपाले मन्त्रीको नामावली टुङ्ग्याएको छ । जसमा अर्थमन्त्रीमा डा. स्वर्णीम वाग्ले गृहमन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, कानुन मन्त्री सोविता गौतम, शिक्षा मन्त्री सस्मित पोखरेल, भौतिक पुर्वाधार तथा यातायातमन्त्रीमा सुनिल लम्साल, सामान्य प्रशासन÷भूमी, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिता वादी रहेका छन् ।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अमरेश कुमार सिंह, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री विराज भक्त श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता, संस्कृति÷पर्यटनमन्त्री गणेश पौडेल, सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिना, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक शाह र कृषि तथा पशुपंक्षीमन्त्री गीता चौधरी बन्न भएका छन् ।