काठमाडौँ । सरकारले अर्थतन्त्रको हालसम्मको स्थितिबारे श्वेतपत्र जारी गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद बहाल गर्दै २०८२ चैत्र १२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका हुन्।
अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्नेसमेत निर्णय गरेका छन् ।
यसैगरि निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक-कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्