काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थपको अनुमति दिएका हुन् ।
सरकारी वकिलले उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन माग गरेकाे थियाे ।
ओली र लेखकलाई प्रहरीले शनिबार पक्राउ गरेर आइतबार अदालतमा उपस्थित गराएको थियो । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा किशोरहरूमाथि गोली प्रहार गर्ने आदेश दिएको आरोप छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्