एसइई आजदेखि,५ लाख १२ हजार विद्यार्थी सहभागी


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकैपटक सुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ ।

परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन् ।

नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिन लागेको बोर्डले जनाएको छ ।

परीक्षा यही चैत २९ गते सकिने छ । परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुँदैछन् ।

जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिंदै छन् । बोर्डले उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने र एकमहिनाभित्र नतिजा निकाल्ने बताएको छ ।