काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव स्थगित भएपछि महासङ्घमा लफडा भएको छ ।
१८ ओटा संस्थाले पत्रकार सम्मेलन गर्दैछन् भने वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले महासङ्घको केन्द्रीय कार्यालयमा भर्ना दिँदैछन् । अञ्जन समूहले दिउँसो ३ बजे धर्ना दिँदैछ १८ ओटा संस्थाले २ अल कोभ होटेल बानेश्वरमा पत्रकार सम्मेलन गर्दैछन् ।
१८ संस्थाले आफूहरूले पूर्ण मताधिकारसहितको सदस्यता पाउनुपर्ने भन्दै पत्रकारसम्मेलन गर्न लागेका हुन् ।
उच्चअदालत पाटनको आदेश चैत २९ र ३० गते तय भएको सभाधारण सभा स्थगित भएको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले नेपाली उद्योग वाणिज्य महासङ्घलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।
सदस्यता दिए पनि मताधिकार नदिएको भन्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले मुद्दा दायर गरेको थियो । यसअघि यसैसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।
मताधिकार नपाएका संस्था कुनकुन हुन् ?
१) नेपाल सुन्तला एवं कागती सङ्घ, बुढानिलकण्ठ काठमाडौँ ।
२) नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ, नयाँ बानेश्वर काठमाडौँ ।
३) प्लाष्ट नेपाल फाउन्डेसन टेकु, काठमाडौँ ।
४) नेपाल सिङगिङ् बाउल सङ्घ, ठमेल काठमाडौँ ।
५) नेपाल कागज उत्पादक सङ्घ, काठमाडौँ ।
६) उर्जा उत्पादक सङ्गठन, नेपाल काठमाडौँ ।
७) नेपाल वितरक महासङ्घ, कोटेश्वर काठमाडौँ ।
८) नेपाल बेसार सङ्घ, गोकर्णेश्वर काठमाडौँ ।
९) नेपाल कोदो तथा फापर सङ्घ, काठमाडौँ ।
१०) नेपाल छुर्पी व्यवसायी सङ्घ, धुलाबारी मेची ।
११) नेपाल ओखर उत्पादक तथा व्यवसायी सङ्घ बिर्तामोड झापा ।
१२) नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक सङ्घ, हात्तिसार काठमाडौँ ।
१३) नेपाल पुस्तक तथा तथा स्टेसनरी व्यवसायी महासङ्घ, सातदोबाटो ललितपुर ।
१४) एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्यिट्सन अफ नेपाल, सातदोबाटो ललितपुर ।
१५) नेपाल यर्सागुम्बा सङ्घ, सुकेधारा काठमाडौँ ।
१६) एएसी ब्रिक उत्पादक सङ्घ, टेकु काठमाडौँ ।
१७) नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी सङ्घ, ललितपुर ।
१८) नेपाल किवी उत्पादक तथा व्यवसायी सङ्घ, विर्तामोड झापा ।


प्रतिक्रिया दिनुहोस्