अमेरिका र इरानबिच दोस्रो चरणको वार्ताका लागि पहल


काठमाडौँ । युद्ध अन्त्यका लागि अमेरिका र इराबिच वार्ताको पहल भइरहेको छ ।

पहिलो चरणको वार्ता असफल भएपछि पाकिस्तानले इस्लामाबादमा अर्को चरणको वार्ता आयोजना गर्न प्रस्ताव गरेको अलजजिराले जनाएको छ ।

पहिलो चरणको वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग नकाबन्दीको घोषणा गरेका छन् ।

हर्मुज जलमार्गमा टकराव बढ्दै जानु र दुई हप्ताको युद्धविराम सकिनै लाग्दा फेरि कूटनीतिक माध्यामबाट समस्या समाधान गर्ने प्रयास भएको हो ।

अमेरिकाले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि चनाव बढ्दो छ । तनावकैबिच वार्ताको पहल भइरहेको खबर सार्वजनिक भएको हो ।

अप्रिल ७ मा घोषणा गरिएको दुई हप्ताको युद्धविराम सकिनुअघि नै नयाँ वार्ता गर्ने प्रयास भइरहेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पनि द्वन्द्व समाधानका लागि प्रयासहरू जारी रहेको बताएका छन् ।

अमेरिकी नाकाबन्दी सुरू भएको घोषणा गर्दा पनि अमेरिकी राष्ट्रपति ट्रम्पले संवाद चलिरहेको जानकारी गराएका थिए ।