इजरायल र लेबनानबिच १० दिन युद्धविराम, इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ता प्रयास जारी


काठमाडौँ । इजरायल र लेबनानबिच १० दिन युद्धविराम भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबिच १० दिने युद्धविराम सम्झौता भएको घोषणा गरेका हुन् । युद्धविराम कार्यान्वयन सुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लेबनानी राष्ट्रपति जोसेफ आउनले सम्झौतालाई स्वागत गरेका छन् भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई शान्तिका लागि ‘ऐतिहासिक’ अवसर भएको बताएका छन् ।

इइरान समर्थित हिज्बुल्लाहले केही सर्तसहित सम्झौतापालन गर्ने जनाएको भए पनि युद्धविराम लागु हुनुअघिका दिनहरूमा इजरायली सेनासँग आक्रमण–प्रत्याक्रमण जारी राखेको थियो ।

युद्ध विराम भए पनि जोखिम भने कायमै रहेको अन्तराष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।

अमेरिका–इजरायल र इरानबिच युद्धविराम जारी रहेका बेला इजरायल र लेबनानबिच पनि युद्ध विराम भएको छ ।

अमेरिका–इजरायल र इरानबिच सम्झौताका लागि दोस्रो चरणको वार्ताको प्रयास जारी छ ।