हिमालयन रि इन्स्योरेन्सका ४ सञ्चालकले दिए राजीनामा


काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सका थप ४ सञ्चालकले राजीनामा राजीनामा दिएका छन् ।

कम्पनीबाट अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुवास कुमार झुनझुनवालाले राजीनामा दिएका हुन् ।

उनीहरूको राजीनामा यहि वैशाख ४ गतेको बैठकबाट स्वीकृत भएको छ ।

साथै, सोही बैठकबाट सञ्चालकमा दिपक कुमार मिश्र, कालिका फिन्कोर्प प्रालि र आशिष चन्द्र न्यौपाने नियुक्त भएका छन् ।

उनीहरुलाई आगामी वार्षिक साधारण सभासम्मका लागि कम्पनीको सञ्चालकमा नियुक्ति गरिएको जनाइएको छ ।