काठमाडौँ । धरमपाल सत्यपाल समूह (डिएस ग्रुप) अन्तर्गतको लोकप्रिय मसला ब्रान्ड क्याच स्पाइसेसले नेपालमा रिटेल तथा होटल, रेस्टुरेन्ट र क्याटरिङ क्षेत्रमा आफ्नो रणनीतिक उपस्थिति विस्तार गर्ने घोषणा गरेको छ।
काठमाडौँको भृकुटीमण्डपमा जिएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी २०२६ को प्रर्दशनीका क्रममा क्याच स्पाइसेसले आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको हाे ।
प्रर्दशनीमा क्याच स्पाइसेस डायमण्ड स्पोन्सरका रूपमा सहभागी छ।
कम्पनीले यस कदमलाई नेपालमा आफ्नो व्यवसाय विस्तारको अर्को महत्वपूर्ण चरणका रूपमा लिएको छ ।
क्याच स्पाइसेसले वितरण सञ्जाल विस्तार, बजार पहुँच बढाउने र रिटेल तथा फूड सर्भिस साझेदारहरूसँग सम्बन्ध बलियो बनाउने उल्लेख गरेकाे छ ।
प्रदर्शनीमा विभिन्न मसला उत्पादनहरू प्रदर्शन गरिएको छ । डिएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले नेपालमा रिटेल नेटवर्कलाई बलियो बनाउँदै चालु आर्थिक वर्षभित्र उल्लेखनीय बजार पहुँच हासिल गर्ने लक्ष्य रहेको बताए ।
साथै, सन् २०२६–२७ आर्थिक वर्षको अन्त्यसम्म होटल, रेस्टुरेन्ट र क्याटरिङ क्षेत्रमा पनि पनि सशक्त उपस्थिति जनाउने योजना रहेको उहाँको भनाइ छ ।
प्रदर्शनीको विशेष आकर्षणका रूपमा नेपालका लागि क्याच स्पाइसेसका ब्रान्ड एम्बेसडर तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त शेफ सन्तोष शाहद्वारा हिजो र आज लाइभ कुकिङ सेसन आयोजना गरिएको छ ।
सन् १९२९ मा स्थापना भएको डिएस ग्रुप भारतको अग्रणी व्यापारिक समूह हो ।
यस समूहको खाद्य पदार्थ, कन्फेक्शनरी, हस्पिटालिटी, कृषि, लक्जरी र रिटेल क्षेत्रमा विविध व्यवसाय छ । क्याच, पल्स, रजनीगन्धा, पास पास जस्ता चर्चित ब्रान्डहरू यस समूह अन्तर्गत पर्दछन् ।


प्रतिक्रिया दिनुहोस्