काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९७ हजार ५०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ४ हजार ९४५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्