काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारण सभा आजदेखि ललितपुरमा सुरु हुँदैछ ।
विहान १० बजेदेखि उद्घाटन शत्र सुरु हुने छ । भोलीसम्म चल्ने साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत : अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाअध्यक्ष नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिले चयन गर्नेछ । बाँकी पदमा भने प्रत्यक्ष चुनाव हुने छ ।
यसपटक अञ्जन श्रेष्ठ र हेमराज ढकाल समूहले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
आज उद्घाटनशत्रदेखि बन्दशत्रका काम सम्पन्न हुनेछन् । निर्वाचनका कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठान,कमलादी काठमाडौँमा हुने छ ।
वैशाख २२ गते विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ । अपरान्ह ५ देखि मत गणना सुरु हुने छ ।
गत चैत २९ र ३० गते तोकिएको साधारण सभा सदस्यता विवादपछि अदालतको आदेशले रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्