व्यवसायी शेखर गोल्छा पुन : प्रहरीको नियन्त्रणमा


काठमाडौँ । व्यवसायी शेखर गोल्छा सर्वोच्चको आदेशपछि रिहा भए लगत्तै पुन : पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोल्छालाई पुन : पक्राउ गरेको हो । गोल्छाले रिहा हुन धरौटी बुझाएका थिए ।

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले अदालतले बीमा सम्बन्धी कसुरमा सर्वोच्चले छाड्न आदेश दिए पनि धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको बताएका छन् ।

गोल्छा पक्राउ परेपछि श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सोमबार धरौटी वा जमानत नभएमात्रै थुनामा राख्न आदेश दिएको थियो । गोल्छाले धरौटी बुझाएर रिहा भए पनि सिआइबीले पुन : पक्राउ गरेको हो ।