काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा अबका अध्यक्ष अञ्जन श्रेष्ठले वस्तुगततर्फ उपाध्यक्षसहित झण्डै आधा सदस्य गुमाएका छन् ।
जिल्लानगरमा पूर्ण हाबी हुँदा वस्तुगतमा भने अञ्जन कमजोर देखिएका छन् ।
अञ्जन वस्तुगत पृष्ठभूमिबाटै अबको अध्यक्षको जिम्मेवारी सम्हाल्दैछन् ।
जिल्ला नगर तर्फको कार्यकारिणी सदस्यमा अध्यक्ष श्रेष्ठ पक्षका १५ जना कार्यकारिणी सदस्यमा १३ जनाले जितेका छन् ।
मतपरिणाम अनुसार अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की निर्वाचित भएका छन् ।
यस्तै मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।
निर्वतमान अध्यक्ष ढकालले समर्थन गरेको समूहबाट उज्वलप्रसाद कसजु मात्रै निर्वाचित भएका छन् ।
सुर्दशन कार्की दुवै पक्षमा खुलेका थिएनन् । जिल्ला नगरकै महिला सदस्य तर्फ अञ्जन समूहबाट गीता अमात्य र चन्द्र ढकाल सर्मथित समूहबाट हीरा भट्टराई निर्वाचित भएका छन्।
वस्तुगतमा कमजाेर
वस्तुगततर्फ अञ्जन समूहले उपाध्यक्षसहित झण्डै आधा सदस्य गुमाएको छ ।
अञ्जन समूहबाट अरनिको राजभण्डारी, नानिराज घिमिरे, रवीन पुरी, राजकुमार कार्की,संघर्ष विष्ट निर्वाचित भएका छन् ।
चन्द्र ढकाल समर्थित समूहबाट पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान, सागर ढकाल र होमप्रसाद घिमिरे निर्वाचित भएका छन् । निराजन चालिसे,रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०/५० मत ल्याएका छन् ।
यस्तै वस्तुगत महासंघतर्फ निर्वाचित भएका मध्ये अन्जन पक्षको विश्वनाथ खनाल हुन भने चन्द्र पक्षको सुनयना घिमिरे हुन्। द्विराष्ट्रियतर्फ सदस्यमा चन्द्र ढकाल समर्थित समूहबाट मनोज पौडेल विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्