रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक तहमा पुगेको बताएका छन् । चीनको राजकीय भ्रमणमा जानुअघि मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गर्दै भने, “आज रुस र चीनको सम्बन्ध वास्तविक रूपमै अभूतपूर्व स्तरमा पुगेको छ ।”
उनले दुई राष्ट्रबिच नियमित रूपमा हुने आपसी भ्रमण र उच्चस्तरीय वार्ताहरू द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रयासका अभिन्न अंग भएको उल्लेख गरे ।
राष्ट्रपति पुटिनकाअनुसार यस्ता संवादहरूले दुई देशबीचको सम्बन्धका सम्पूर्ण पक्षहरूलाई प्रवद्र्धन गर्न र यसमा रहेका असीमित सम्भावनाहरूलाई उजागर गर्न महत्वपूर्ण भुमिका खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्