काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन आज हुँदैछ ।
विहान ९ बजे बोलाइएको केन्द्रीय कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन गर्ने छ ।
दुई पदका लागि तीन समूह बनेर प्रतिस्प्रधामा उत्रिएका छन् ।
अध्यक्ष अञ्जन समूहबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र मनिषलाल प्रधान उम्मेदवार छन् भने निवर्तमान अध्यक्ष चन्द्र ढकाल समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल छन् ।
अञ्जन समूहबाटै फुटेर प्रवलजंग पाण्डे समूहले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
चन्द्र ढकाल पक्षले कोषाध्यक्षका आफ्ना उम्मेदवार भक्त हमाललाई नउठाएर अम्बिका प्रसाद पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ ।
चुनावमा ढकाल र श्रेष्ठले दुई समूह बनाएर चुनाव लडेका थिए । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा भने अध्यक्ष श्रेष्ठको समूह विभाजित भएको छ ।
पौडेललाई कोषाध्यक्षमा समर्थन गर्ने निर्णय गरेको ढकाल समूहले भक्तलाई अर्को चुनावमा उपाध्यक्षको उम्मेदवार बनाउने आश्वासन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्