काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र सुरकृष्ण वैद्य भिड्ने भएका हुन् । यसअघि हेमराज ढकालले उम्मेद्वारी दिएपनि उनले संघाईलाई समर्थन गर्दै फिर्ता लिएका छन् । रामचन्द्र संघाईको प्रश्तावक ईश्वर जिसी छन् र समर्थक अभिज्ञा मल्ल रहेका छन् । सुरकृष्ण वैद्यका प्रश्तावक कृष्णप्रसाद शर्मा तथा समर्थक रविन पुरी रहेका छन् ।
त्यसैगरी, कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । मनीषलाल प्रधानका प्रश्तावक दिलसुन्दर श्रेष्ठ र समर्थक नानीराज घिमिरे रहेका छन् ।
अम्बिकाप्रसाद पौडेलका प्रश्तावक बाबुकाजी कार्की तथा समर्थक भक्त बहादुर हमाल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्