काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी एक ओटाको सेयरमूल्य घटेको छ ।
शुक्रबार आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ९५ लाख ८६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज क्रेस्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.८१ प्रतिशतले बढेको छ ।
कुल ३३६ कम्पनीको एक करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्