काठमाडौैँ । सरकारले निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू जेठ १६ गतेदेखि लागू हुने गरी रोक्ने निर्णय गरेको हो ।
बोर्डले स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय सङ्कटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
स्रोतको अभावमा बोर्डको भुक्तानी दायित्व बढ्दै गएको छ ।




प्रतिक्रिया दिनुहोस्