नेपाल डेरी एसोसिएसन काेशी प्रदेशले गर्‍यो दुईटै हात खुट्टा गुमाएका खातीलाई आर्थिक सहयोग


काठमाडौँ । नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले दुईटै हात खुट्टा गुमाएका उमेश खातीलाई आर्थिक सहयोग गरेको छ ।

झापाको कन्काई नगरपालिका ५ का २६ वर्षीय खातीे गम्भीर रोगका कारण दुईटै हात खुट्टा गुमाउन बाध्य भएका छन् । उनको स्वास्थ्य अवस्था र पारिवारिक कठिनाइलाई मध्यनजर गर्दै यस संस्थाले डेरी उद्योगीहरूबचि समन्वय गरी ६५ हजार ६०० रूपैयाँ संकलन गरेर हस्तान्तरण गरेको छ ।

विश्व दुग्ध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसन केन्द्रको निर्देशनअनुसार देशभर साताव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन्। सोही अभियानअन्तर्गत नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै मानवीय कार्य गरेको नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताए ।

उनका अनुसार मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा रहेको यो कार्यले डेरी क्षेत्र केवल व्यवसायमा मात्र सीमित नभई सामाजिक सेवामा पनि उत्तिकै संवेदनशील र जिम्मेवार रहेको सन्देश दिएको छ।

पहल तथा सक्रिय भूमिका निर्वाह गरेका नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगा खड्का, प्रदेश पदाधिकारीहरू, केन्द्रीय पदाधिकारीहरू तथा सहयोगी सम्पूर्ण डेरी उद्योगी साथीहरूलाई नेपाल डेरी एसोसिएसन केन्द्रीय समितिले धन्यवाद व्यक्त गरेको छ ।