काठमाडाैँ । सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने भएको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनःसंरचना गरिने बताएका हुन् ।
उनले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको समेत बताए । उनले साधारण खर्चमा मितव्ययिता कायम गरिने समेत उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्