भ्याटमा बहुदर प्रणालीबारे अध्ययन गर्न समिति गठन गरिने


काठमाडौँ । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्याट प्रणालीलाई समयानुकूल र प्रभावकारी बनाउन सुझाव समिति गठन गर्ने घोषणा गरेका हुन् ।

उनले मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित बनाइने पनि घोषणा गरेका गरेका छन् । हाल उपभोक्ताले मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर तिर्दै आएका छन् ।