काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख ११ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख ९ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेर ५ हजार २३० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्