प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य, संसद सुचारु


काठमाडौँ । प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य भएको छ । बुधबार सिंहदरबारमा विपक्षीदलहरुले सत्तारुढ दलसँगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य भएको हो ।

प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएसँगै सदन सुचारु हुने भएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्तिले दिएपछि विपक्षीहरुले एक सातादेखि संसद अवरुद्ध गरेका थिए ।

विपक्षीहरूले नेपालले कहाँ कहाँ जग्गा मिचेको हो भन्ने विषयमा प्रधानमन्त्रीले संसदबाटै स्पष्टीकरण माग गर्दै संसद अवरुद्ध गरिरहेका थिए । तर, प्रधानमन्त्री शाह संसदमा आउन तयार भएनन् ।