सनातनी राज्यको पक्षमा आवाज उठाउँदा ज्यान मार्ने धम्की आयो : खुस्बु ओली


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छन ।

बुधबार संसद बैठकमा बोल्दै ओलीले ९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्‌मा राख्दा ज्यान मार्ने र बलत्कार गर्ने धम्की आएको बताइन् ।

ओलीले भनिन्, ‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ । धर्मान्तरणको विरुद्ध बोलेको थिएँ । म कुनै धर्मको विरुद्ध छैन । मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो । के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ?’

यस्तो धम्की सबै सनातनीहरूमाथि रहेको उनले बताइन् । नेपालको गरिबीका कारण लोभ देखाएर धर्म परिवर्तन समेत गराउने गरिएको भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरिन् ।