कार्यसूचिमा प्रवेश गरे सभामुख, वेल घेराउ गर्दै श्रम संस्कृति


काठमाडाैँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दल श्रम संस्कति पार्टीका सांसदहरुले वेल गरेका छन् । 

सभामुख डोलप्रसाद अर्यालले नियमित कार्यसूचिमा प्रवेश गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको प्रष्टिकरण स्वयं प्रधानमन्त्रीले दिनुपर्ने भन्दै उनीहरुले संसदमा अवरोध कायमै राखेका छन् ।