काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।
अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर आर्थिक अपराध गरेको भन्दै उनले संसदीय छानबिन समितिको माग गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले सातओटा करका दर हेरफेर गरेको संसदको रोष्ट्रममै स्वीकार गरेको र यो आर्थिक अपरोध भएको पूर्वअर्थमन्त्री पुनको भनाई थियो ।
प्रतिनिधि सभामा समय लिएर बाेल्दै पूर्वअर्थमन्त्री पुनले भने,“अर्थमन्त्रीले सातओटा करका दर हेरफेर गरेँ भनेर खुल्लमखुल्ला स्वीकार गर्नुभयो । यो आर्थिक अपराध हो । यसमा रुलिङ हुनुपर्छ छानबिन हुनुपर्छ । यसप्रकारको अपरोध गर्न पाइदैन । पुरानाले ७३ ओटा गरे मैले सातओटा (करका दर हेरफेर) गरे भन्नुभयो । ७३ होस वा एउटा होस अपराध भनेको अपरोध हो ।”
संसदलाई हेप्ने गरी अर्थमन्त्री वाग्लेले अभिव्यक्ति दिएको भन्दै उनले अपत्तिसमेत जनाए ।
आफूहरूले प्रश्न गर्दा ‘पुराना काण्डको फाइल खोल्ने’ दिएको भन्दै पूर्वअर्थम्न्त्री पुनले आपत्ति जनाए ।
पूर्वअर्थमन्त्री पुनले भने,“आर्थिक विधेयकको शैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री ज्यूले जसरी जवाफ दिनुभयो, त्यसमा सार्वभौम जनप्रतिनिधि संस्था संसदको अवमूल्यन भएको छ, समितिको अबमूल्यन भएको छ । धाकधम्कीको प्रयोग र धम्काउने कोसिस भएको । यसमा गम्भीर आपत्ति छ ।”
कार्यपालिकाका सदस्यहरू संसदप्रति जवाफदेही पर्नेसमेत पूर्वअर्थमन्त्री पुनले स्मरण गराए ।
उनले भने,“कार्यपालिकाका सदस्यहरू संसदप्रति जवाफदेही हुनुपर्छ । समितिहरूप्रति जवाफदेही हुनुपर्छ ।”
संसदले उठाएका सबै विषयहरू आरोप नहुने भन्दै कतिपय जिज्ञासा हुने, कतिपय प्रश्न हुने र कति स्पष्टिकरण हुने उल्लेख गर्दै पूर्वअर्थमन्त्री पुनले यसमा कोही पनि जवाफ दिनबाट पन्छिन नमिल्ने बताए ।
उनले आफ्नो समयको बजेटमा समेत छानबिनका लागि तयार रहेको बताए ।
उनले आफ्नो समयको बजेटदेखि अहिलेसम्मको सबै छानबिन गर्नुपर्नेमा जोड दिए ।
उनले भने,“मैले २ वर्षअगाडि बजेट ल्याएको थिएँ । मेरो पालाको पनि छानबिन होस् । गत वर्षको पनि होस र यस वर्षको पनि होस् । म तयार छु ।”
उनले नयाँ निर्वाचित भएर आएका संसदमात्रै राखेर छानबिन गर्न प्रस्ताव गरे ।
अर्थमन्त्री पुनले संसदको मर्यादा राख्न छानबिन आवश्यक रहेको भन्दै नयाँ र पुरानो भनेर विषयन्तर गर्न नपाइने बताए ।



प्रतिक्रिया दिनुहोस्