काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी की प्रमुख सचेतक खुश्वु ओली ले परराष्ट्रमन्त्री शिशिर खनाल लाई आगामी चीन भ्रमणका क्रममा नेपालका सीमा समस्याबारे स्पष्ट धारणा राख्न आग्रह गरेकी छन्
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भारत भ्रमणका क्रममा सरकारले सीमा विवादको विषय औपचारिक रूपमा नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले नेपाली पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा समेत सीमा विवादको विषय उल्लेख नभएको दाबी गरिन् ।
ओलीले संसदमा पनि परराष्ट्रमन्त्रीले सीमा विवादभन्दा ‘सीमा व्यवस्थापन’को विषयलाई प्राथमिकता दिएको आरोप लगाउँदै दुवै विषय फरक रहेको बताइन्। सांसदहरूले पनि सीमा व्यवस्थापन र सीमा विवादबारे गम्भीर अध्ययन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
उनले नेपालले दाबी गर्दै आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी विषय चीन भ्रमणका क्रममा पनि कूटनीतिक तहमा स्पष्ट रूपमा उठाउन परराष्ट्रमन्त्रीलाई सुझाव दिइन्।
ओलीले सीमा विवादका विषयमा सरकार स्पष्ट हुनुपर्ने र छिमेकी मुलुकहरूसँग प्रभावकारी कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस्