काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक ४ अंकले घटेर २७२४.०३ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सेन्ट्रल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २५ करोड ५३ लाख २४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १०.६६ प्रतिशतले घटेको छ ।
कुल ३४२ कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्