काठमाडाैँ । सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राख्नु भएको प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
यस अघि बैठकमा विपक्ष दलहरुको तर्फबाट एमालेकी सांसद नीता घतानीले उक्त अध्यादेश अस्वीकृतिका लागि राखेकाे प्रश्ताव अस्वीकृत भएको थियो । उक्त अध्यादेश प्रतिनिधिसभाबाट स्विकृत भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्