काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८६ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार२ लाख ८७ हजार ३०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ४ हजार ६९० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्