आजका लागि विदेशी मुद्राको विनिमयदर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १२ पैसा छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८४ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा विनिमयदर तय गरिएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ७९ पैसा विनिमय दर तोकिएको राष्ट्र बैँकले जनाएको छ ।