काठमाडौँ । अध्याधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले सबै विद्यालय बन्द गरेको छ। सोमबार उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सूचना सार्वजनिक गर्दै अत्यधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जनाएका छन्।
केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ। गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि विद्यालय बन्द गर्नु परेको सूचनामा उल्लेख छ।
‘अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकोले सोको प्रतिकुल असरलाई मध्यनजर गर्दै पछि वर्षे र हिउँदे बिदाबाट बिदा मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०८३ असार ९ गतेदेखि १२ गतेसम्म चार दिन अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ।’ जारी सूचनामा भनिएको छ ।




प्रतिक्रिया दिनुहोस्