घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ८८ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ८७ हजार १०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १४० रूपैयाँले घटेर ४ हजार ५९० रूपैयाँ कायम भएको छ ।