पूर्वअर्थमन्त्री पौडेललाई रिहा गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर


काठमाडौँ । नेकपा(एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

आज श्रीमती तोमाया पौडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।

रिटमा पौडेललाई गैरकानुनी ढङ्गले थुनामा राखेको जिकिर गर्दै रिहा गर्न माग गरिएको छ ।

रिटमा विशेष अदालत,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह मन्त्रालय,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय,सुर्खेतलाई विपक्षी बनाइएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर मङ्गलबार विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।

पौडेललाई विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।