ललितपुर महानगरपालिकाको आगामी आ.व.को बजेट ७ अर्ब ८६ करोड ४६ लाख ८० हजार


काठमाडाैँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । 

बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएकी हुन् ।

त्यसैगरी बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरिएको छ । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च हुने गरी चालु खर्चको व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले स्पष्ट पारिन् ।

चालु खर्च कर्मचारीको तलवलगायत वृद्धि भएका कारण बढन सक्ने उपमहानगरपालिकाको प्रक्षेपण छ । त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले कमी रहेको पनि उपमेयर बज्राचार्यले बताउनु भयो । वडास्तरीय कार्यक्रम र विषयगत क्षेत्रको कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको हो ।

बजेट कार्यान्वयनका लागि मासिक रुपमा सम्बन्धित निकायसँग रिर्पोटिङले व्यवस्था गरिएको पनि उपमेयर बज्राचार्यले बताइन्। त्यसैगरी बजेटमा निर्माणाधिन आयोजनाका लागि बजेटको सुनिश्चितता पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।