काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ७८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २५० रूपैयाँले घटेर ४ हजार २३५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्