काठमाडौँ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनीको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ ।
अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको र बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो मधेश तथा बागमती र गण्डकीको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिमको तराईमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
कोशीका तराईका तथा मधेशका केही स्थानसहित बागमती र गण्डकीका तराईका एक÷दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकीका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्