काठमाडौँ । कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मनाङ् पहिलो, म्याग्दी दोस्रो र भक्तपुर तेस्रो भएका छन् ।
सङ्घीय राजधानी रहेको काठमाडौँ भने कार्यसम्पादनको हिसाबले ७६ औँ स्थानमा परेको छ ।
अन्तिममा धनुषा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिकमा १८.२५ पूर्णाङ्कमा मनाङ्ले १८ र म्याग्दीले १७.८७५ अङ्क प्राप्त गरेका छन् ।
भक्तपुरले १७.६२५ अङ्क पाएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले १६.६२५ अङ्क प्राप्त गरेर २३ औँ स्थानमा छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भने २.५ अङ्क प्राप्त गरेर ७६ औँ स्थानमा छ । अन्तिममा रहेको धनुषाले १.६८७५ अङ्क प्राप्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्