काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा छ ।
यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९९ पैसा छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा विनिमयदर कायम राखिएको छ ।
यस्तै युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा छ ।
कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा विनिमय दर तोकिएको राष्ट्र बैँकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्