वन्डर्स इनर्जीद्वारा पुँजी रु.१ अर्ब पुर्‍याउने निर्णय,३० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने


काठमाडौँ । वन्डर्स इनर्जी प्रा.लि.ले पुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।

आज भएको वार्षिक साधारण सभाबाट कम्पनीले कम्पनीका पुँजी १ अर्ब पुर्‍याउने निर्णय गरेको हो ।

कार्यकारी सञ्चालक प्रकाश दुलालले ७० करोड स्वपुँजी र ३० करोड आइपीओबाट निस्कासन गर्ने निर्णय गरेको हो ।

वन्डर्स इनर्जीले ९ मेगावाटको खिम्ती ध्वाङ् जलविद्युत् आयोजना २०८४ चैतमा सम्पन्न गर्ने गरी काम गरिरहेको छ ।

आयोजना निर्माणका लागि लाग्ने रु.१ अर्ब ९० करोड रुपैयाँमध्ये रु. १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानीको लागि एनएमबिसँगको समझदारी अन्तिम चरणमा पुगेको र बाँकी ६५ करोड मध्ये रु ३५ करोड जुटिसकेको कार्यकारी सञ्चालक दुलालको भनाई छ ।

यस्तै ३० करोड असोज भित्रमा जुटाउने गरि काम भैइरहेको उनले जानकारी दिए ।

बैंक ऋण लिन कम्पनीको सञ्चालक समितिलाइ अख्तियारी दिने साधारण सभाले समेत गरेको छ ।